निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधान यौन दुर्व्यवहारका आरोपित

काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिस गरेका कृष्णमान प्रधान यौन दुर्व्यवहारको आरोपित रहेको फेला परेको छ । कानुन खबर डट कमले प्राप्त गरेको कागजात अनुसार आयुक्त पदमा सिफारिस भएका प्रधानले काभ्रेको धुलिखेल नगरपालिका ३ घर भएकी एक ३८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पीडित महिलाले २०७९ भदौ २४ गते प्रधानमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन । उनले दायर गरेको मुद्दामा नेपाल कानुन समाजमा कार्यकारी निर्देशक रहेका प्रधानले आफ्नै संस्थामा जागिर लगाइदिने प्रलोभन दिएर २०७९ जेठ महिनामा आफूलाई अनामनगरको एक रेष्टुरेन्टमा बोलाएर यौन दुर्व्यवहार गरेको उल्लेख गरेकी छिन् । त्यसपछि पनि प्रधानले आफूलाई पटक पटक मोबाइलमा फोन तथा एसएमएस गरि यौन दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छिन ।

काठमाडौं जिल्ला अदालतमा परेको उक्त मुद्दामा २०८० भदौ २९ गते न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासमा मिलापत्र गराइएको थियो ।

संवैधानिक परिषद्ले २०८१ असार २ गते रिक्त एक निर्वाचन आयुक्तको पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय भएको थियो । निर्वाचन आयुक्त सिफारिस भएका प्रधानको उनको आज संसदीय सुनुवाई हुँदैछ । त्यसपछि मात्रै उनको नियुक्ति बारे निर्णय हुनेछ ।

निर्वाचन आयोग सम्बन्धी संवैधानिक व्यवस्थाको धारा २४५ को ६ नम्बर बुँदामा आयोग आयुक्तको बन्नका लागि उच्च नैतिक चरित्र भएको योग्यता तोकिएको छ । यस सम्बन्धमा बुझ्न प्रधानसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यस्तो छ पिडित महिलाले दायर गरेको उजुरी:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज