कोशी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ । सोमबार बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो ।

पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरे रिटमा जेठ ३१ गते न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको थियो । यो रिटमा आइतबारबाट सुनुवाइ सुरु भएको थियो ।

सोमबार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, माधव बस्नेत, डा. भीमार्जुन आचार्य, रमेश बडाल, प्रकाश केसी र डा. राजेन्द्र घिमिरेले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज