काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सिधा कुरा डटकमका प्रकाशक र सम्पादक सहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुरको आरोपमा मुद्दा दायर भएको छ ।
सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अभियोग पत्र दायर गरेको हो । उनीहरू तीनै जनालाई फरार प्रतिवादी बनाएर अभियोग दायर भएको छ। उनीहरुलाई १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबी गरिएको छ ।