नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । बौद्धबाट शुक्रबार साँझ पक्राउ परेका थापालाई शुक्रबार जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ । उनलाई आइतबार अदालतमा पेश गरिने भएको छ ।

थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन् । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदनमा नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको बताइएको छ । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रतीक पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज