काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको छ । सांसद गुरुङको मुद्दामा अदालतले गरेको फैसला त्रुटिपूर्ण भन्दै सोमबार अख्तियारले पुनरावलोकनको निवेदन दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङको निलम्बन संविधान र कानूनसम्मत नभएको ठहर गर्दै २०८० चैत १६ गते निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
भ्रष्टाचार मुद्दा पछि सांसदपदबाट निलम्बित सांसद टेकबहादुर गुरुङको निलम्बन खारेज गर्ने निर्णयसँगै उनी प्रतिनिधिसभामा उपस्थित हुन थालेका छन् । अख्तियारले पुनरावेदनको निवदेनमा सर्वोच्च अदालतगरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतले त्यसलाई पुनरावलोकनबाट खारेज हुनुपर्ने र गुरुङको निलम्बन यथावत हुनुपर्ने माग गरेको हो ।