काठमाडौँ । शुक्रबार बेलुका देखि शनिवार दिनभरी जसो परेको झरीका कारण मुलुकका विभिन्न भाग डुबानमा परेका छन् । केही सडक अवरुद्ध भएका छन् । बाढी पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको छ । हेरौँ मुलुकका विभिन्न क्षेत्रका तस्वीर:
सुरक्षित स्थानमा जाँदै नवलपुर (नवलपरासी), २२ असारः अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिरः टेकराज पोखरेल/रासस
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै नागरिक जानकी (बाँके), २२ असारः बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको सिधनवा घाटस्थित राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा जोखिम मोलेर सङ्कलन गर्दै वडा नम्बर ६ का स्थानीयवासी । तस्बिरः रुपनी जि एम/रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर ः रमेश गिरी / रासस
डुबानमा घर देउखुरी, २२ असार ः घोराही उपमहानगरपालिका–५ वसन्तापुरमा बबई नदीमा आएको बाढीका कारण डुबानमा परेका घर । सो गाउँ आसपासका पाँच घरमा बाढी पसेको छ । तस्बिर ः रञ्जिता अधिकारी/रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह । पानीको सहत बढेसँगै मनाङ सदरमुकाम चामेस्थित पुललगायत क्षेत्र जोखिममा पर्न थालेको छ । तस्बिर : नवीन लामिछाने / रासस
घट्टेखोलाको बाढी र चामे बजार मनाङ २२ असार ः मनाङ सदरमुकाम चामे बजार बीचबाट बगेको घट्टेखोलामा बाढी आएको छ भने उता मर्स्याङदी नदीको पानीको सतह बढ्दा चामे बजारको अवस्था । तस्बिर ः नवीन लामिछाने/ रासस
हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित कर्रा खोलामा आएको बाढीले डुबानमा परेका स्थानीयवासीलाई नगर प्रहरी र स्थानीयद्धारा उद्दार गरिँदै । शनिबार परेको पानीले कर्रा खोलामा पानीको सतह बढेपछि, पिप्ले, शान्तिनगर, कर्राक्षेत्रका करिब २५ घरपरिवार डुबानमा परेका छन् । तस्बिरः मणिराज गौतम/रासस
बगाएको सडक दाङ, २२ असार ः गएरातिदेखि परेको भारी बर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक । तस्बिर ः कुलदीप न्यौपाने/रासस
अविरल वर्षा र त्यसपछि आएको हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका-९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन । तस्बिर: कुलदीप न्यौपाने/ रासस
काठमाडौँ, २२ असार ः गएरातिदेखि अविरल वर्षा कारण काठमाडौँ र ललितपुरको सिमाना छुटाउन थापाथलीस्थित बागमती नदीमा आएको बढी । तस्बिर ः किरनराज बिष्ट/रासस
जलमग्न घोराही दाङ, २२ असार : अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस
ट्रक दुर्घटना दाङ, २२ असारः दाङको घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा दुर्घटनामा भएको रा १ ख २४४९ नम्बरको ट्रक । घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको ट्रकका चालकले अत्याधिक मादक पदार्थ सेवन गरेर चलाउँदा ट्रक खोलामा पल्टिएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस
राप्ती नदीमा आएको बाढी तुलसीपुर २२ असारः वर्षापछि शनिबार राप्ती नदीमा आएको बाढी । तस्बिरः दीपक बोहरा/रासस
जलमग्न सडक काठमाडौँ,२२ असारः काठमाडौँको तिनकुने गैरीगाउँस्थित जलमग्न सडकमा जमेको पानीको प्रर्वाह नगरी जोखिम मोलेर सवारी साधन सञ्चालन गर्दै चालक । तस्बिर :विमलबहादुर बिष्ट/रासस
त्रिवेणी (रुकुम पश्चिम), २२ असार ः लगातारको वर्षाका कारण पहिरो खस्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पर्ने अवरुद्ध मध्यपहाडी राजमार्ग । मध्यपहाडी सडक खण्ड अवरुद्ध हुँदा यात्रुलाई गन्तव्य पुग्न समस्या भएको छ । तस्बिर : बलबहादुर ओली/रासस
सुरक्षित स्थानमा जाँदै नवलपुर (नवलपरासी), २२ असारः अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिरः टेकराज पोखरेल/रासस