नक्कली लाइसेन्स बनाउने १५ जना विरुद्ध मुद्दा दायर, ९ जना फरार

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको भन्दै सरकारका उपसचिवसहित १५ जनाविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर भएको छ ।
यातायात व्यवस्था विभागको प्रणालीभित्रै छिरेर किर्ते गरेको भन्दै मुद्दा दायर गरिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार लुम्बिनीको वन तथा वातावरण मन्त्रालयमा कार्यरत उपसचिव केशव अर्यालसहित १५ विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जसमा ६ जना पक्राउ परिसकेका छन्  भने ९ जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अधिकृत पदमराज आचार्य, यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन शाखा अधिकृत सुवास पौडेल पक्राउ परेका छन्  ।

यस्तै यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल, यातायात व्यवस्था कार्यालय जनकपुर (धुनषा) मा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साह र बिचौलिया केशव पौडेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज