काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् । अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् ।
केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको आरोप छ । कर्मचारीले सीटीईटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
थापाविरुद्ध पीडित भनिएका प्रहरी जवानले जाहेरी दिएको श्रोतले जनाएको छ।