काभ्रेका वडाध्यक्ष बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर 

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए ।

उनीविरुद्ध विशेष अदालतमा २६ माघ ०८० मा मुद्दा दायर भएकोमा कसुर कायम हुने फैसला भएको छ  । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

सो मुद्दामा बादेलाई दुई वर्षदेखि चार वर्षसम्म कैद हुनसक्ने भन्दै उनको सजाय निर्धारणको लागि ३१ असारमा  पेसी तोकिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज