काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन), चाँगुनारायण नगर कमिटीले चाँगुनारायण नगरपालिका भित्र सञ्चालनमा रहेका पूर्व प्राथमिक विद्यालयमा कार्यरत शिक्षकहरूको पुनर्ताजगी तालिम आयोजना गरेको छ ।
नगरपालिका भित्र सञ्चालनमा रहेका पूर्व प्राथमिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका विविध क्षेत्रमा क्रियाशिल रहि विविध सङ्गठनात्मक शैक्षिक कार्यक्रमहरू गर्दै आएको अपेनले उक्त अवसरमा नगरपालिकाले पूर्व प्राथमिक विद्यालय र विद्यालयलाई फरक दृष्टिकोणले हेरी नगर शिक्षा समितिमा समेत फरक फरक प्रतिनिधित्व हुने गरी प्रतिनिधि राख्नु अनिवार्य रहेको उल्लेख गर्दै चाँगुनारायण नगरपालिका समक्ष ६ बुँदे मागपत्र पेश गरेको छ ।
शिक्षा समितिमा प्रतिनिधि नियुक्ति गर्ने सम्बन्धमा, अभिभावक शिक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने सम्बन्धमा, अटिजम सम्बन्धी तालिम सञ्चालन गर्ने सम्बन्धमा, शिक्षक तालिम सञ्चालन गर्ने सम्वन्धमा, स्कुल सञ्चालक, व्यवस्थापक, लेखा, प्रशासन तथा आयालाई तालिम दिने सम्बन्धमा, सङ्ग्राहल र खेल मैदान सम्बन्धी छ बुँदामा अपेनको चाँगुनारायण नगर कमिटीका तर्फबाट चाँगुनारायण नगरपालिका मागपत्र पेश गरिएको हो ।
उक्त अवसरमा अपेनका तर्फबाट मागपत्र बुझ्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले अपेनले पेश गरेको माग पत्रमा रहेका मागहरू पूरा गर्ने तथा सवै शैक्षिक कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा बोल्दै अपेनका अध्यक्ष बद्रि दाहालले संस्कार, संस्कृति र प्रविधि सहितको शिक्षा दिन सक्ने शिक्षकहरू तयार गर्नको लागि अपेन र नगरपालिकाले सहकार्यमा कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश अर्याल, वडा नं १ का वडाध्यक्ष सृजन कार्की, वडा नं २ का वडाध्यक्ष सोम प्रधान, वडा नं ३ का वडाध्यक्ष श्याम सुन्दर धिमाल वडा नं ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, अपेनका सचिव सम्झना बस्नेत, केन्द्रिय सदस्य योगेश खड्का, केन्द्रिय सदस्य तथा कानुन विभाग प्रमुख अनिल आचार्य लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अपेन तारकेश्वर नगर कमिटी अध्यक्ष रेखा हमाल र अपेन केन्द्रिय सदस्य मुना दाहालले सहभागि शिक्षकहरूलाई प्रशिक्षण दिएका थिए । अपेन चाँगुनारायणकी अध्यक्ष अनिता कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तो छ अपनेको ६ बुँदे मागपत्र