प्राधिकरणले उद्योगलाई दियो  किस्तामा बक्यौता तिर्ने सुविधा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कबाट बाट विद्युत खपत गरेका उद्योगहरूलाई बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको छ । 

डेडिकेटेड फिडर तथा ट्रङ्कबाट २०७२ माघदेखि २०७५ बैशाखसम्म विद्युत उपभोग गरेका उद्योगहरूलाई प्राधिकरणले बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको हो ।  प्राधिकरण सञ्चालक समितिको २६ गतेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दे किस्ताबन्दी सुविधालाई लाभ लिन भनेको छ ।

लोडसेडिङको समयमा उद्योगहरूले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड तथा ट्रक लाइन मार्फत बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरूले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । त्यसविरुद्ध विद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज