महान्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त

काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा लामोसमय सम्मआबद्ध बडाल प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना महान्यायाधिवक्ता बनेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएपछि यसअघिका महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले राजीनामा दिएका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज