सर्वोच्च अदालतको आदेशसँगै घर बनाउँदा सेप्टिक ट्याङ्क अनिवार्य राख्नुपर्ने

काठमाडौँ ।  सर्वोच्च अदालतले उपत्यकाका स्थानीय तहहरूको नाममा परमादेश जारी गरेको छ । यो सँगै उपत्यकामा घर बनाउँदा सेप्टिक ट्यांक अनिवार्य राख्नु पर्ने भएको छ ।

काठमाडौँ उपत्यका भित्र घर तथा व्यावसायिक भवनको नक्सा पास गर्दा ‘सेप्टिक ट्याङ्क’ र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै ‘सोक पिट’ नबनाएसम्म नक्सा पास नगर्न’ सर्वोच्चले निर्देशन दिएको छ ।

वाग्मती लगायत उपत्यकाका नदीको संरक्षण गरिपाऊँ भनी १३ वर्षअघि परेको रिटमा सर्वोच्चले गरेको आदेशको पूर्ण पाठ आएको छ । जसमा यस्तो व्यवस्था गरिएको छ । 

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा लगायतले २०६८ मा नदी संरक्षणमा प्रदूषण रोक्न र अनधिकृत रूपले कब्जा गरिएका किनाराका जमिन खाली गराउन सर्वोच्चले आदेश दिनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।  गत पुस ३ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले यस्तो आदेश दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज