काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूस सहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेक सहित नियन्त्रणमा लिएको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
विज्ञप्ति अनुसार कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस लिएकी हुन् । उनलाई आयोगको हेटौँडा बाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।