विद्युत बक्यौता १ अर्ब ८० करोड तिर्न बाकि

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवादमा विद्युत आपूर्ति बन्द गरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा लाइन जोड्ने निर्णय गरेको हो ।

डेडिकेटेड र ट्रंक लाइनको बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले ६ उद्योगको लाइन काटिदिएको थियो । जसमा जसमा शंकर ग्रुपको जगदम्बा स्टील र जगदम्बा सिन्थेटिक पनि रहेको थियो ।

लोडसेडिङको समयमा २० घण्टा वा २० घण्टाभन्दा बढी लाइन पाउने गरी प्राधिकरणले उद्योग तथा विभिन्न सेवा व्यवसायीहरूलाई दिएको लाइन डेडिकेटेड र ट्रंक लाइन हो । तर, लोडसेडिङको समयमा विशेष सुविधाबापत लिएको महशुल तिर्न अधिकांश उद्योगीहरुले अटेरी गरिरहेका छन् ।

त्यसरी विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट करिब १८ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको २०७५ सालमा जनाएको थियो । तर, लोडसेडिङ अन्त्यपछिको बक्यौता छुट दिने निर्णय गरियो । जसअनुसार अब करिब १३ अर्ब रुपैयाँ बढी महशुल उठाउन बाँकी रहेको प्राधिकरणले उल्लेख गर्दै आएको थियो ।

विवाद कायम रहेकै बेला गत पुसमा विद्युत् प्राधिकरणले करिब २ दर्जन उद्योगको लाइन काटेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा लाइन जोडिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज