किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग 

काठमाडौँ, । छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।  

    राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गर्नुभयो । 

    सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयिकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

    सांसद शेखरकुमार सिंहले मधेश– प्रदेशको संस्कृति संरक्षण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो । यसले पर्यटकलाई आकर्षण गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज