काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ दर्ता गर्न अस्वीकार गरेको भन्दै आफ्नो रिट दरपिठ भएपछि पोखरेलले दरपिठ विरुद्ध अर्को निवेदन मङ्गलबार न्यायाधीश टेकप्रसाद ढुँगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।
१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।