निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि हुँदै, अनुमोदन हुने संम्भावना न्यून

 काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि हुने भएको छ । प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ ।

संवैधानिक परिषदको असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । परिषदले प्रधानको संसदीय सुनवाइका लागि असार ४ गते समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २१ गते प्रधानको संसदीय सुनुवाइका लागि मिति तय गरेको थियो । तर प्रधान विरुद्ध यौन दुर्व्यवहार लगायतका ४ वटा उजुरी परेपछि असार २० गते समितिले उजुरीकर्तालाई बोलाएर सिंहदरबारमा छलफल गरेको थियो । उजुरीकर्तासँगको छलफल पछि प्रधानको संसदीय सुनुवाइ रोकिएको थियो ।  । 

प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूवीच छलफल भएको बताइएको छ । स्रोतका अनुसार यौन दुर्व्यवहार जस्तो गम्भिर प्रकृतिको आरोप लागेका कारण प्रधानको संसदीय सुनुवाइ भएपछि उनको अनुमोदन हुने सम्भावना अत्यन्तै न्यून छ । 

सम्बन्धित समाचार:

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधान यौन दुर्व्यवहारका आरोपित

प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध ४ जनाको उजुरी, प्रधानको नाम अनुमोदन नहुने निश्चित

विवादमा परेपछि निर्वाचन आयुक्तको संसदीय सुनुवाई रोकियो, नियुक्ति नहुने आशंका बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज