मानव अधिकार आयोगद्धारा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रुपमा विवादित व्यक्ति नियुक्ति नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दैै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगले विज्ञप्तिमा संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारीलगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

निर्वाचन आयुक्तमा सिफारिस गरेको कृष्णमान प्रधानमाथि यौन दूव्र्यवाहारको आरोप लागेको र उनका आज संसदीय सुनुवाई हुँदै गर्दा आयोगले यस्तो विज्ञप्ति निकालेको हो । तर अयोगद्धारा जारी विज्ञप्तिमा कुन कुन निकायले कुन कुन विवादित व्यक्ति नियुक्ति तथा नियुक्ति सिफारिस गर्‍यो भन्ने खुलाइएको छैन ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक र कानुनी रुपमा विवादित व्यक्तिहरुलाई नियुक्त गर्ने कार्य कानुनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आम नागरिकको भरोसा समेत टुट्न जान्छ ।’

आयोगले राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित उच्च नैतिक चरित्र भएको र कानुनी रुपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

हृर्नुहोस् यस्तो छ आयोगको विज्ञप्ति

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज