स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका प्रति दुःख व्यक्त गर्नुभएको छ । 

    आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङको शव परीक्षण युनिटमा उहाँले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । 

    दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । “अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उहाँले भन्नुभयो, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उहाँले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज