काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा आज पेशी तोकिएको छ।
न्यायाधीश ढुङ्गानाको एकल इजलासमा यो निवेदन दोस्रो नम्बरमा पेशी रहेको छ। जिल्ला अदालत काठमाडौँले सङ्गठित अपराधमा अनुसन्धानका लागि पटक– पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । तर उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको छ।
प्रहरीले भनी उनको बयानको आधारमा व्यक्तिहरूसँग अनुसन्धान अघि बढाएको छ।
सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोहीअनुरूप अनुसन्धान अघि बढाएको छ।