सर्वोच्चले दियो बरिष्ठ सईहरुलाई न्याय 

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङ्गा सुवेदीको इजलासले बुधबार परमादेश जारी गरेको हो ।

सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरूले रिट हालेका थिए ।

वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।  

उक्त मुद्दामा प्रहरीकै पूर्वएसपी गणेश रेग्मीले बहस गरेका थिए । उनीहरूले बढुवा भएकै बेलादेखिको तबल वृद्धिको माग गरी रिट दायर गरेकोमा सर्वोच्चले मागअनुसार हुने फैसला गरेको हो ।

सइले भन्दा वरिष्ठ सइले २ सय ६२ रुपैयाँ कम तलब पाउने व्यवस्था भएपछि उनीहरु अदालत गएका थिए । उक्त मुद्दामा प्रहरीकै पूर्वएसपी गणेश रेग्मीले बहस गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज