काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले टीयू क्रिकेट मैदानको विषयमा नेपाल क्रिकेट सङ्घका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ‘क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरु बीच छलफल भयो। यससँगै रङ्गशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ ।’
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन् ।