काठमाडौँ । सुदूरपश्चिममा सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।
उनीहरूले मुख्यमन्त्री कमलबहादुर शाह समक्ष राजीनामा दिएका हुन् ।
पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडा रिले गत असार ३ गते नीति तथा योजना आयोगको उपाध्यक्ष बनाएका थिए । यस्तै डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।