काठमाडौँ — मेनपावरका सहचालकविरुद्ध ६० करोडको ठगी मुद्दा दायर भएको छ ।
व्यवसायिक साझेदारलाई नै ठगी गरेको आरोपमा रोयल इन्टरनेशनले ओभरसिज प्रालिका सञ्चालकहरू सुशील केसी र जनकलाल बास्तोलाविरुद्ध आपराधिक लाभ मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको हो ।
उनीहरूले साझेदार उज्जल महर्जनलाई ठगी गरेको जाहेरी परेको छ ।
तीन हजार १६ जनालाई प्रतिव्यक्ति दुई लाखका दरले पैसा लिई विदेश पठाई ६० करोड ३२ लाख असुलेर फरार भएको अभियोग लागेको छ ।
पीडित भनिएका महर्जन सो कम्पनीमा ४० प्रतिशत शेयर साझेदार थिए। कम्पनी भने केसी र बास्तोलाले चलाउँदै आएका थिए ।
पछि हिसाब माग्दा उनीहरु सम्पर्कविहीन भएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । तर, प्रहरीले पक्राउ नगरी मुद्दा दायर गरेको छ।