रत्नबहादुर बागचन्द बने दलित समुदायबाट पहिलो पटक मुख्य न्यायाधीश

काठमाडौं । न्याय परिषद्को सिफारिसमा मुख्य न्यायाधीशमा नियुक्त भएका रत्नबहादुर बागचन्द दलित समुदायबाट मुख्य न्यायाधीश बन्ने पहिलो व्यक्ति भएका छन् । परिषद्को शुक्रबारको बैठकले ३५ जना न्याय, कानून तथा सरकारी वकिल सेवामा कार्यरत उपसचिवसरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

न्याय परिषद् सचिवालयका अनुसार न्याय सेवाको इतिहासमा पहिलो पटक मुख्य न्यायाधीश सिफारिशमा सिफारिस भएका बागचन्द उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए । उनलाई परिषद्ले उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको छ।

परिषद्ले न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज