राष्ट्रिय सतर्कता केन्द्रले ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल माथि छानबिन

काठमाडौँ – राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन प्रमुख मे. सु.डा .बद्री रिजालमाथि छानबिन गर्ने भएको छ ।

केन्द्रले तत्कालीन प्रमुख डा। रिजालले प्रमुख हुँदा विभिन्न अनियमितताका काम गरेको भन्दै उजुरी परेपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

केन्द्रमा परेको उजुरीमा डा रिजालले आफू प्रमुख हुँदा प्रतिव्यक्ति चार लाख उठाई १५ जना कर्मचारी नियुक्त गरेको, सेन्टरमा अपरेशनका लागि प्रयोग हुने किला काटी, पाता लगायत आफू निकट व्यापारीसँग गैरकानुनी रुपमा व्यापार गराएको, ल्याबमा प्रयोग हुने किटहरू आफू अनुकूल स्पेसिफि केशन बनाई ओम सर्जिकललाई  दिलाएको, आफू निकटलाई एम चार आई र सिटी स्क्यान मेसिन खरिदको टेन्डर दिन नसकेपछि ट्रमाको ३५ करोड फ्रिज गराएको, ट्रमा सेन्टरका बिरामी आफू निकटको अल नेपाल भन्ने निजी अस्पतालमा उपचारका लागि पठाएको जस्ता विषयमा उजुरी परेपछि केन्द्रले कारबाही अगाडि बढाएको हो ।

केन्द्रले उक्त विषयमा छानबिनका लागि एक प्रहरी उपरीक्षक एसपी को संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरी ३ दिनभित्र आवश्यक कागजात बुझाउन आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज