प्रा. डा. नेवल चौधरी सर्वोत्कृष्ट पुस्तक लेखकको रूपमा सम्मानित

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्को ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा वाणिज्य कानूनविद, अधिवक्ता तथा नेपाल ल क्याम्पसका उप. प्रा. डा. नेवल चौधरीलाई “Commercial Law with Special Reference to Foreign Direct Investment in Nepal (A research-based reference book)” नामक पुस्तकका लागि सर्वोत्कृष्ट पुस्तक लेखकको रूपमा सम्मानित गरिएको छ।

उक्त पुस्तकले आ।व। २०८०/०८१ मा प्रकाशित न्याय र कानूनसँग सम्बन्धित सबै पुस्तकहरूमा सर्वोत्कृष्ट ठहरिँदै कानूनी क्षेत्रको गहन अनुसन्धानमा आधारित सन्दर्भ सामग्रीको रूपमा उच्च मूल्यांकन प्राप्त गरेको छ।

पुरस्कार ग्रहण गर्ने क्रममा गरिएको मन्तव्यमा, डा. चौधरीले उक्त पुरस्कारबाट प्राप्त सम्पूर्ण रकम नेपाल ल क्याम्पसका विद्यार्थीहरूको लागि स्थापना गरिएको मकसुदन चौधरी मेमोरियल पुरस्कार २०७५ को अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज