काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ ।
महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँ र बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।
महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ / बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने र निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सहायक नदीमा मलमुत्र युक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोक पिट बनाइ भूमिगत जलस्रोत पुनस्भरण गर्ने, नदीहरूमा कुनै किसिमको फोहोर नफाल्ने लगायतको निर्णय गरेको छ ।
कसैले महानगरपालिकाले रोक लगाएको कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । नियमित अनुगमन काठमाडौँ महानगरपालिका र वडा कार्यालयहरूले गर्नेछन्