काठमाडौँ ।भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । आक्रोशित स्थानीयले सो ट्रकमा आगो लगाएका छन् ।
अवस्था तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन अहिले त्यहाँ सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । स्थानीयका अनुसार, बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको बेला तिव्रगतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको थियो ।
स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन । ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । आक्रोशित भीडले केही सवारीसाधनमा तोडफोडसमेत गरेका छन् ।