काठमाडौँ । नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा एक जना नाबालिकालाई बन्दी बनाएर घरेलु कामदारको रुपमा राखेको भन्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले कारबाहीका लागि प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट राख्दै मेयर शाहले काठमाडौँ महानगरले विगत २ महिना देखी सांसद शर्मालाई कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले नसमाएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन ।
मेयर शाहले फेसबुकमा लेखेका छन्, वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँले विगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नाबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत २ महिना देखी कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यू ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्छ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?