कानुनी व्यवस्था विपरित सांसदहरूले मागे पीए र ड्राइभरलाई दशैं भत्ता

काठमाडौँ । कानुनमा व्यवस्था नभएपनि नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी सहितका दलले सांसदहरूका स्वकीय सचिव (पिए) र ड्राइभरलाई दशैं र महङ्गी भत्ता दिन माग गरेका छन् ।

सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूले बिहीबार सङ्घीय सांसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई भेटेर पीए र ड्राइभरलाई दशैं र महङ्गी भत्ता दिन माग गरेका हुन् । 

स्रोतका अनुसार महासचिव पाण्डेसँगको भेटमा प्रमुख सचेतकहरूले सांसदहरूका लागि नभए पनि पीए र ड्राइभरका लागि दशैं भत्ता उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका थिए । महासचिव पाण्डेले ‘औपचारिक रुपमा माग भएर आए आफूले अर्थ मन्त्रालय पठाइदिने’ जवाफ दिएको स्रोतले बतायो ।

संसद् सचिवालयका अनुसार २०७७ सालसम्म सांसदहरूले दशैं भत्ता पाउने व्यवस्था भएपनि सांसदका पीए र ड्राइभरका लागि दशैं भत्ता र महङ्गी भत्ता दिने कुनै पनि कानुनी व्यवस्था छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज