काठमाडौं । कास्की प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धानका लागि पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ। सांसद श्रेष्ठको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गत साउन ३ गते लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरले श्रेष्ठको फार्मेसीबाट उक्त लागुऔषध किनेको बयान दिएका थिए ।