सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे छानबिनका लागि गठन गरिएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। बिहीबार प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन वेबसाइटमा सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा सदीय छानबिन समिति गठन भएको थियो।

समितिले तीन महिनाभन्दा लामो समयसम्म छानबिन गरी तयार गरेको प्रतिवेदन भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरिएको थियो । प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारी संस्थाको रकम कानुन विपरीत लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरिएको छ ।

हेर्नुस यस्तो छ सहकारी छानबिन समितिकोपूर्ण प्रतिवेदनः

https://drive.google.com/file/d/10awqwb7bPq17Mbh53lIIu-y3J35cGVu7/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज