गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई ‘जरुरी पक्राउ पूर्जी’ दिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्र समेतका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जरुरी पूर्जी थमाएर पूर्वडीआईजी जोशीलाई काठमाडौंको शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई आइतबार साँझै विमानमार्फत पोखरा लैजाने तयारी छ । कुनै कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगर्दा ‘त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने अवस्था भए’ जरुरी पक्राउ पूर्जी लिएर व्यक्तिलाई पक्राउ गर्न सक्ने अधिकारको प्रयोग गर्दै जोशीलाई पक्राउ गरिएको प्रहरी श्रोतको दावी छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

जोशीले रविभन्दा एक वर्षअघि २०७८ मा गोर्खा मिडिया नेटवर्क छाडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज