नेपाली समूदायकै विरोधको तयारीपछि प्रधानमन्त्रीको अमेरिकामा तय भएको कार्यक्रम स्थगित

काठमाडौँ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा नेपाली समूदायकावीच हुने भनिएको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु देउवा राणा उपस्थित रहेन उक्त कार्यक्रममा नेपाली समुदायबाटै विरोधको तयारी गरिएको सूचना बाहिरिएपछि महावाणिज्यदूतावासले कार्यक्रम स्थगनको सूचना निकालेको हो ।

महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको सूचनामा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज