काठमाडौं । सहकारी ठगी प्रकरणमा आइतबार काठमाडौबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । प्रहरीले जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
विदेश जाने तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले जोशीलाई काठमाडौंको शंखमूलबाट जरुरी पक्राउ पुर्जी दिएर आइतबार पक्राउ गरेको थियो । उनलाई आइतबार साँझै बुद्ध एयरको प्लेनबाट पोखरा लगिएको थियो ।
संसदीय छानबिन समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गर्दै उनी सहित गोर्खा मिडियाका अन्य सञ्चालकलाई समेत कारबाही गर्न निर्देशन दिएको थियो ।
सम्बन्धित समाचारः
https://www.kanunkhabar.com/contemporary/19896/
https://www.kanunkhabar.com/contemporary/19891/