प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको सुनुवाइ समितिको बैठकले राउतको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीशका लागि सुनुवाइ समितिबाट अनुमोदन भएका राउतले २४ बुँदे योजना पेस गरेका थिए । उदयपुरमा जन्मिएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।

राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज