सहकारी ठगीमा रवि लामिछानेको जीबीमाथि दोष थुपार्दै इन्कारी वयान, ल्याउला त प्रहरीले जीबी राई खोजेर ?

काठमाडौं । सहकारी ठगीमा आरेपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूवगृहमन्त्री रवि लामिछानेको जीबी राईमाथि दोष थुपार्दै इन्कारी वयान मात्रै दिइरहेका छन् । उनलाई सोमबार दिनैभर प्रहरीले लिएको बयानामा उनले आफूलाई उम्काउने प्रयासमात्रै गरिरहेको र सबै दोष जीबी राईकै हो भन्दै पन्छिने प्रयास गरिरहेका छन् ।

प्रहरीले यस अघि प्रकाउ परेको उनका व्यवसायीक पार्टनर छवि जोशीको वयानपछि रविलाई पक्राउ गरेको हो । रविले पनि जीबीलाई मात्रै दोष देखाएकोले प्रहरीलाई भने मलेसियामा रहेका भनिएका जीबी राईलाई खोजेर ल्याउने चुनौति छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेको बयान सोमबार दिनैभर हुँदा पनि पूरा नभएकोले आज मंगलबार पनि जारी रहेने भएको छ । रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर बयान लिए ।

उनीसँग करिब साढे ८ घण्टा बयान लिइएको हो । लामिछानेको बयान अझै पूरा नभएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले भने, ‘बयान सकिएको छैन ।’

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । यसअघि कार्तिक ५ र ६ मा बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋण स्वरूप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य अस्वीकार गरे ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिएन ।’

सूर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको लामिछानेले बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।’

रविको बयानबारे थाहा पाएर त्यहाँ पुगेका उनका समर्थकहरूले भने कुनै जानकारी नदिइएको भन्दै प्रहरीसँग रुष्ट बनेका छन् ।

‘लामो समयदेखि हामी यहाँ छौँ । प्रहरीले सामान्य जानकारी पनि दिएन,’ उनीहरुले भने, ‘बयान सकिएको हो कि होइन, अब के हुन्छ भन्ने सामान्य जानकारी पनि दिइएको छैन । यो गलत हो ।’ रविलाई जिल्ला अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ । उनको म्याद १४ गते सकिनेछ ।

तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई २० गते मात्रै अदालत उपस्थित गराउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज