काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साललाई बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज भएको संसदीय सुनुवाइमा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको हो ।
समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । अब राष्ट्रपतिले लम्साललाई राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।