मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी निलम्बित

काठमाडौँ । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले शनिवार उनलाई उनलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । सो आरोप लागे लगत्तै उनले मन्त्री पद र पार्टी संसदीय दलको तर्फबाट राजीनामा समेत दिइसकेका छन् ।

एमाले कोशी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दे अधिकारीलाई निलम्बन गरिएको जनाएका छन् । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीमाथि लागेको आरोपका सम्बन्धमा अनुसन्धान गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले अविचलित रूपमा कानुनी शासनका पक्षमा उभिँदै आएको जिम्मेवार पाटी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलाबल्लभ अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा ९एमाले० को सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज