मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ, दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।

मानव तस्करीको आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पूर्वमन्त्री अधिकारीलाई पक्राउ गरिएको हो । उनलाई विमानबाट काठमाडौं ल्याइएको छ । अधिकारीलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पक्राउ परेका अधिकारी नेकपा एमालेका प्रदेश सांसद हुन् । उनी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको थियो । ती युवासँगै जापान पुगेका अधिकारीलाई आज मात्रै पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज