निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले निरौला र पाण्डेयलाई आइतबार सर्वोच्च अदालतको न्यायधीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले उल्लेख गरेकी छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरिएको हो ।

निरौला उच्च अदालत पाटन र पाण्डेय उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा कार्यरत रहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज