चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि जाहेरी परेको छ। साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने सहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन्।
बचतकर्ताहरुले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालीमा साहरा चितवन सहकारीबाट १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। यस मिडियाबाट सञ्चालित ग्यालेक्सि टेलिभिजनमा उक्त रकम खर्च भएको देखिन्छ । जसको सञ्चालकमा लामिछाने पनि थिए । यसका अलवा जिबी राईले सञ्चालन गरेको नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ ऋण गएको भन्दै पीडितले प्रहरीमा पुरक जाहेरी दिएका छन्।
लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ परेका छन् । उनीसँग कास्कि र रुपन्देहीमा प्रहरी बयान लिइसकेको छ ।