काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।
केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।