रास्वपाको पहिलो वडाध्यक्ष बनिन रोजीना, काठमाडौं १६ मा रास्वपाले मार्यो बाजी

काठमाडौं । काठमाडौंको वडा नम्बर १६ मा वडाध्यक्ष पदमा जितेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो वडाध्यक्ष बनेकी छिन रोजीना श्रेष्ठ । यस अघिको स्थानीय चुनावमा रास्वपा पार्टी नै नबेको कारण पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको हो ।

पहिलो पटकको निर्वाचनमा रास्वपाले काठमाडौंमा जित हासिल गरेको छ । काठमाडौं १६ नम्बरमा यस अघि नेपाली कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकाी रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी हुन ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा ९एमाले०का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेका छन् । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ ।

कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ मन प्राप्त गरको निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज