काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानकालागि चितवन लगिएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौंबाट चितवन लगिएको हो ।
लामिछाने विरुद्ध चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । त्यसैले काठमाडौंमा बयान सकिएपछि उनलाई बयानका लागि चितवन लगिएको हो ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएको थियो । त्यहाँ बयान सकेपछि उनलाई रुपन्देही र काठमाडौंमा बयान लिइएको थियो ।