एनपीएलमा बेटिङ गराएको आरोपमा पक्राउ पर्ने ४ व्यक्ति भारतीय नागरिक रहेको खुलासा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रतिष्ठा र विश्वासमाथि प्रश्न खडा हुने गरी बेटिङ (सट्टेबाजी) प्रकरणमा संलग्न चार जना भारतीय नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट उनीहरूलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका व्यक्तिहरू भारतको विभिन्न स्थानका बासिन्दा हुन्। सोमबार पक्राउ पर्नेमा भारत कोलकत्ताका २४ वर्षीय सुमन धोष र उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव छन्। यस्तै, मंगलबार पक्राउ पर्नेमा बिहार सहरसाका २७ वर्षीय सुमन्त कुमार र ३० वर्षीय ब्रजेश कुमार रहेका छन्।

उनीहरूको साथबाट ६ थान मोबाइल फोन र ४ थान भारतीय आधारकार्ड बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले स्पोर्ट बाजी  र प्रोबो जस्ता अनलाइन बेटिङ एपहरू प्रयोग गरी सट्टेबाजी गराएको खुलेको छ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी सट्टेबाजीको कानुनी प्रक्रिया अघि बढाइएको छ।

क्रिकेटप्रेमीहरूले एनपीएललाई नेपाली क्रिकेटको भविष्यका रूपमा हेरिरहेका बेला यस्तो घटना सार्वजनिक हुनु दुर्भाग्यपूर्ण रहेको बताइएको छ। सट्टेबाजी प्रकरणले प्रतियोगिताको प्रतिष्ठामाथि नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यो प्रकरणले खेलकुद क्षेत्रमा नैतिकता र नियमपालनको महत्वलाई झल्काएको छ। सम्बन्धित निकायले कडा निगरानी गरी यस्ता गतिविधि रोक्नुपर्ने आवाज उठिरहेको छ।

सम्बन्धित समाचार:

https://www.kanunkhabar.com/contemporary/21259/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज