काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहभापति रवि लामिछाने प्रहरी हिरासतमा बसेको डेढ महिना नाघेको छ । २ कात्तिकमा पक्राउ परेको लामिछाने आजसम्म गरे ४७ दिन प्रहरी हिरासतमा बसिसकको छन ।
यो विचमा उनको पाँच पटक म्याद थप भइस्केको छ । उनले प्रहरी हिरातमा इन्कारी बयान दिँदै बसेका छन् । पोखरा, बुटवल, काठमाडौं आएर बयान दिइसकेको लामिछानेले आज चितवन पुगेर सहरीका ठगीको विषयमा वायन दिने भएका छन ।
चितवनको सहारा सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि बयान प्रक्रिया शुरू गरिएको थियो । मंगलबार बयान नसकिपछि बुधबार पनि उनलाई बयानका लागि उपस्थित गराइने भएको हो ।
लामिछानेलाई मंगलबार बिहानजहाजमार्फत् चितवन पठाइएको थियो । सभापति लामिछानेलाई गत मंसिर १३ गते पोखराबाट काठमाडौं ल्याइएको थियो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनको अनुसन्धानको सिलसिलामा लामिछानेसँग काठमाडौंमा बयान लिइएको थियो।
सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोपमा सभापति लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको थियो । सोही अनुसन्धानको लागि उनलाई चितवन पठाइएको हो ।
सहकारी ठगीको अनुसन्धानका लागि लामिछाने कास्की प्रहरीको हिरासतमा रहेकाबेला उनलाई रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी ठगीमा बयान भएको हो ।