काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि कास्की अदालतमा पेस गरिएको छ । मङ्सिर ८ गतेदेखि लागू हुने गरी थपिएको १५ दिनको म्याद शनिबार सकिएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै पुनः म्याद थपका लागि उनलाई अदालतमा पेश गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ । उनीसँग कास्की, बुटवल, काठमाडौँ र चितवनमा बयान लिइसकिएको छ ।